काठमाडौं । सनराइज बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतीसँगै सिम्बायोटिक्स एस ए, जेनेभा स्वीटरल्याण्डबाट तीन वर्षको लागि अक्षेरुपी दुई अर्ब ३७ करोड (अमेरिकी डलर एक करोड ८६ लाख) को वैदेशिक ऋण भित्राएको छ ।
देशमा तरलता अभाव रहेकोे अवस्थामा वैदेशिक ऋण भित्र्याउँदा हालको अवस्थामा आर्थिक गतिविधिलाई प्रोत्साहन मिल्ने देखिन्छ ।
भित्र्याएको उक्त रकम बैंकले आफ्नो लघु र साना तथा मझौला उद्योगीहरुलाई ऋण विस्तार गर्नेका लागि प्रयोग गर्ने जनाएको छ । उक्त ऋण रकमले बैंकको तरलता केहि हदसम्म मजबुद पार्न मद्दत गर्ने बैंकको विश्वास छ ।
सिम्बायोटिक्स एस ए ले सनराइज बैंकको वित्तीय सूचकाङ्क, बैंकमा विद्यमान व्यापार गर्ने शैली तथा तरिका, पारदर्शिताका साथै देशको विद्यमान आर्थिक सूचकाङ्कलाई समेत मध्यनजर गरी सो ऋण प्रदान गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया