नागरिक लगानी कोषले घोराही सिमेन्टको सेयर प्रत्याभूति गर्ने

लोकपथ
21
Shares

काठमाडौं । नागरिक लगानी कोषले घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको साधारण सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेन्टको तर्फबाट संचालक आदित्य संघाईले हस्ताक्षर गरेका छन् ।

घोराही सिमेन्टले ७९ लाख ४३ हजार आठ सय एक कित्ता सेयरको परल मुल्यमा एक सय रुपैँयामा प्रिमियम बापत तीन सय ३५ रुपैयाँ थप गरी प्रति कित्ता चार सय ३५ रुपैँयाको दरले तीन अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४ सय पैतीस रुपैँयाको सेयरको प्रत्याभुति हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?