काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (साेमबार) पनि सेयर बजार उकालो लागेको छ । केही दिन यतादेखि सेयर बजार निरन्तर उकालो लागेको हो । यो सँगै लगानीकर्ताहरु थोरै भएपनि राहत मिलेको छ ।
पछिल्लो समय सेयर बजारमा सुधारकाे संकेत देखिँदै गएको लगानीकर्ताहरु बताउँछन् ।
आज सेयर कारोबार मापक नेप्से परिसूचक १८.०३ अंकले बढेर २०२९.४३ विन्दुमा पुगेकाे छ । यता सेन्सेटिभ परिसूचक पनि २.८३ अंकले बढेर ३८८.७६ विन्दुमा पुगेकाे छ ।
कारोबार अवधिभर २११ वटा कम्पनीकाे ३१ लाख ४२ हजार ४ सय २ कित्ता सेयर एक अर्ब ३१ करोड २९ लाख ६२ हजार ९ सय ६० रूपैयाँमा किनबेच भएकाे छ ।
१३ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे सेयर मूल्य बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे सेयर मूल्य घटेकाे छ । आज व्यापार र म्युचुअल फण्डबाहेक सबै समूहको सेयर घटेको हो ।
साेमबार शिवम् सिमेन्टकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ९ कराेड ३४ लाख ८१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
आज बरूण हाइड्राेका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । त्यस्तै, सानिमा लार्ज क्याप फण्डकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया