राष्ट्र बैंकद्वारा नोट धुल्याउने नियमावली-२०७८ जारी : नोट धुल्याउँदा ९० दिनको सीसीटीभी कभरेज अनिवार्य राख्नुपर्ने

लोकपथ
56
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले नोट धुल्याउने नियमावली २०७८ जारी गरेको छ । यो नियमावली अनुसार अबदेखि चलन चल्तिका लागि अयोग्य भएका झुत्रा, च्यातिएका तथा फोहोर नोट धुल्याउँदा ९० दिनको सिसिटिभी फुटेज अनिवार्यरुपमा राख्नुपर्ने भएको छ ।

यस अन्तर्गत झुत्रा नोट धुल्याउने मेसिन वा फर्नेस रहेको स्थानको भिडियो फुटेज राम्रो र प्रष्टसँग देखिने र सबै क्षेत्रफल कभरेज हुने गरी कम्तीमा ९० दिनको भिडियो फुटेज अनिर्वारुपमा राख्नु पर्ने भएको छ ।

अर्कोतर्फ धुल्याइने नोटको थान गन्ती गरी लगत खडा गरी राख्नु पर्ने नियमावलीमा उल्लेख छ । रोडिङ तथा ब्रिकेटिङ गर्ने प्रयोजनका लागि छुट्ट्याइएका पाँच सय र एक हजार दरका नोट शतप्रतिशत पुनः गन्ती गरी मात्रै धुल्याउनु पर्ने छ भने नोट धुल्याउनका लागि एउटा समिति गठन गर्नुपर्ने छ ।

उक्त समितीमा रहेका पदाधिकारीहहरुको नाम, थर, पद र कर्मचारीको कोड नम्बरसहित छुट्टै माइन्युट तयार गरी राख्नु पर्ने पनि नियमावलीमा उल्लेख छ ।

नियमावली अनुसार नोट धुल्याउनु अघि समितिको रोहबरमा पाँच सय र एक हजार दरका नोट बाहेक अन्य दरका नोटको प्रत्येक बण्डलको शत प्रतिशत प्याकेट गन्ती गरी ती बण्डल मध्ये नमूना छनौट (यान्डम स्याम्प्लिङ) गरी कम्तीमा पाँच प्रतिशत बण्डल छुट्याएर उक्त बण्डलमा रहेको प्याकेट तथा थान समेत गन्ती गरी रुजु गरेपश्चात् मात्र नोट धुल्याउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?