टाटा विङ्गर बिएस-६ अब नेपाली बजारमा

लोकपथ
28
Shares

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टाटा विङ्गर बिएस-६ नेपाली बजारमा सार्वजनिक गरेको छ । “प्रिमियम टफ” ढाँचामा तयार परिएको यस गाडी कार्गो कम्पनी, विद्यालय र ट्राभल एजेन्सी लगायतका संस्थाहरुलाई उपयुक्त छ ।

२.२ लिटरको डाइकोर इन्जिन जडित विङ्गर को टर्क अत्यन्त प्रभावकारी छ । त्यसैगरी इको स्विच एवं गियर सिफ्ट एडभाइजर जस्ता विशेषताले गर्दा यस गाडीले कम इन्धन खपत गरी उत्कृष्ट कार्यक्षमता प्रदान गर्ने कम्पनीको दाबी छ । हाइड्रोलिक सक एब्जर्बर भएको फ्रन्ट सस्पेन्सन एवं मोनोकक च्यासिस जस्ता विशेषता भएको यो गाडीले सुखद र आरामदायी यात्राको प्रत्याभूति गर्दछ ।

सुरक्षित यात्राको लागि विङ्गर स्कूलमा एबिसी सहितको प्रभावकारी ब्रेकिङ्ग प्रणाली जडान गरिएको छ । गाडी चलाउँदा बाहिरको दृश्य प्रष्ट रुपमा देखिन यसमा फायर डिटेक्सन तथा सप्रेसन सिस्टम एवं फग ल्याम्पको व्यवस्था पनि छ । बालबालिकाको सुरक्षित एवं आरामदायी यात्राको लागि विङ्गर स्कूलमा आधुनिक विशेषताहरु छन् ।

विङ्गर कार्गो उच्च कार्यक्षमता एवं सर्वोत्कृष्ट डिजाइन चाहने अत्याधुनिक सहरी ग्राहकहरु तर्फ लक्षित छ । कार्गोको प्रभावकारी डेलीभरीको लागि आवश्यक गति, सुरक्षा एवं सुविधाको प्रत्याभूति यसले गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?