काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीमा ४२ करोड रुपैयाँ संस्थागत निक्षेप लगानी गर्ने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ५५ दिने मुद्दती निक्षेपको रुपमा लगानी गर्न लागिएको राष्ट्र बैंकको भनाइ छ । लगानीको अवधि भने २०७९ साउन आठ गतेदेखि २०८० असार २८ गतेसम्म तोकिको छ ।
राष्ट्र बैंकका अनुसार लगानी गरिने कुल रकम मध्येमा वाणिज्य बैकहरुको लागि ३३ करोड ६० लाख, विकास बैंकहरुको लागि छ करोड ३० लाख र फाइनान्स कम्पनीहरुको लागि दुई करोड १० लाख रुपैयाँ रुपैयाँ छुट्याइएको छ ।
रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही साउन चार गते सम्ममा आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन राष्ट्र बैंकको भनाइ छ ।
लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको हुनुपर्ने छ । यसबाहेक तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएको र ती सबै प्रावधानहरु पुरा गरेका बैंक तथा वित्तीय संस्थाहरुले भने लगानीको प्रस्तावमा सहभागी हुन सक्ने राष्ट्र बैंकको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया