काठमाडौं । फुटबल विश्वकप-२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गत नयाँ अफर ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरी रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट-ड्राइभ गरी फिफा विश्वकप-२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन् ।
साउन ३ गतेबाट सुरु हुने यस अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिंग लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा रजिष्ट्रर गरी सहभागी हुन सक्नेछन् । यो अफरको अन्त्यमालक्की ड्र मार्फत दुईजना भाग्यशाली विजेताहरूको छनोट गरिनेछ । प्रत्येक विजेताले उपहार स्वरूप आफूलाई मनपर्ने एकजना अर्को व्यक्तिसँग कतार गई विश्वकप लाइभ हेर्न पाउनेछन् । यसरी जम्माजम्मी चार जना हुन्डाईको स्पोन्सरसीपमा कतार जान पाउनेछन् ।
हुन्डाई मोटर्सको हस्पिटालिटी प्रोग्राममार्फत ल्याईएको यो अफर नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले संयोजन गरेको छ । अफर मार्फत कम्पनीले “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गत पर्यावरण दिगोपनको लागि हुन्डाईले गरेको प्रयासमा सबैलाई जोड्ने लक्ष्य राखेको छ । साथै फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फत पर्यावरण मैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने हेतुले पनि यो अफर ल्याइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया