अमेरिका । सर्बियाली नोभाक जोकोभिचले यो वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिस च्याम्पियनसिपको उपाधि जितेका छन् ।
न्युर्योकमा आइतवार राति सम्पन्न भएको पुरुष एकलतर्फको फाइनल खेलमा पूर्व विश्व नम्बर एक जोकोभिचले विश्व नम्बर तीन अर्जेन्टिनी हुवा मार्टिन डेल पोर्टोलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएका हुन् ।
जोकोभिचले खेल जिबनमा जितेको यो १४ औँ ग्राण्डस्लाम हो ।
खेलको पहिलो सेट जोकोभिचले ६-३ ले आफ्नो पक्षमा पारेका थिए । दोस्रो सेटमा जीत हात पार्न भने जोकोभिचले निक्कै मिहिनेत गरे । उनले दोस्रो सेट ७-६ आफ्नो पक्षमा पारे । त्यस्तै, अन्तिम सेट ६-३ ले जिते ।
३१ वर्षे जोकोभिचले युएस ओपनको उपाधि जितेको यो तेस्रो पटक हो । यो उपाधिसँगै जोकोभिचले पेट साम्प्रासको कीर्तिमानसँग बराबरी गरेका छन् ।
पेटेले १४ ग्रान्डस्लामको उपाधि जित्दै कीर्तिमान बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया