काठमाडौं । अभिनेता प्रदीप खड्का र जसिता गुरुङलाई लिएर फिल्म ‘लभ स्टेशन’ निर्माण हुने भएको छ । यसअघि फिल्म ‘लिलिबिली’ मा पनि प्रदीप र जसिताको जोडी देखिएको थियो ।
उज्वल घिमिरेको निर्देशन रहने यो फिल्ममा गोविन्द शाही र प्रदीप खड्काको संयुक्त लगानी रहनेछ ।
निरुता सिंह, सरोज खनाल, प्रकाश शाह लगायतका कलाकारले अभिनय गर्ने यो फिल्ममा प्रेम कथामा निर्माण हुनेछ । फिल्मका लागि जसिता केही दिनअघि नेपाल आएकी थिइन् ।
चलचित्रको अधिकांश छायांकन भारतको दार्जिलिङ र सिक्किममा हुनेछ भने फिल्म फ्यामिली ड्रामा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया