शिवम् सिमेन्ट ल्यायो नयाँ उत्पादन ‘शिवम् प्लस’

काठमाडौं । शिवम् सिमेन्टले नयाँ उत्पादन गरेको ‘शिवम् प्लस’ ओपीसी सिमेन्टलाई नेपाली बजारमा ल्याएको छ । 

कम्पनीले नयाँ उत्पादन ‘शिवम् प्लस’ ओपीसी सिमेन्टलाई बजारमा ल्याएको हो ।  मजबूत तथा दिगो निर्माणको लक्ष्य राख्दै वर्षौदेखि ग्राहकहरुलाई गुणस्तरीय सिमेन्ट पस्कदै आएको कम्पनीले शिवम् ओपीसी सिमेन्ट ल्याएको हो । 

यो सिमेन्टमार्फत उपभोक्ताहरुलाई थप उत्कृष्ट गुणस्तर प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ । 

नेपाल गुणस्तर चिन्हका साथै आर्इएसओ ९००१, आर्इएसओ १४००१, ओएचसीएएस १८००१, आर्इएसआर्इ तथा यूआरएस  लगायत प्रमाणित चिन्ह लिइसकेको छ । शिवम् ओपीसी सिमेन्टमा भौतिक तथा रसायनिक गुणमा उत्कृष्ट रहेको कम्पनीले जानकारी दिएको हो । 

मकवानपुरगढी क्षेत्रमा आफ्नै चुनढुङ्गा खानी रहेको कम्पनीको विशेष प्रकारको लेमिनेटेड बोरामा प्याकेजिङ्ग गरिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?