चाँडै प्रशिक्षणमा फर्कने तयारीमा छु : जिनेदिन जिदान

फ्रान्स । स्पेनी क्लब रियल म्याड्रिडका पुर्व प्रशिक्षक जिनेदिन जिदानले  इंग्लिस क्लब म्यान्चेस्टर युनाईटेडमा जान चाहेको बताएका छन् । 

उनले सोमवार एक टेलिभिजनसँग कुरा गर्दै इंग्लिस क्लब युनाइटेडले प्रस्ताव राखेमा ओल्डट्रोफोर्डको जिम्मेवारी समाल्ने बताएका हुन् । जिदानले च्याम्पियन्स लिगको तेस्रो पटक उपाधि रियल म्याड्रिडलाई  दिलाएर क्लब छाडेका थिए । 

उनले चाडै प्रशिक्षणमा फर्कने बताएका छन् । हाल प्रिमियर लिगमा खराव लयमा रहेको युनाइटेडले प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेमा उनको रिप्लेसमेन्टमा जिदान पहिलो रोजाइ पर्न सक्छन् ।  

अबको ट्रान्सफरमा जिदानले आफुसँगै क्लवमा केहि खेलाडीलाई पनि ल्याउने तयारी गरेका छन् । जसमा टोनी क्रोस, थिएगो एल्कान्त्रा, हामेस रोद्रिगुइज र एडिन्सन काभानी रहेका छन्  । ४६ बर्षिया जिदान फ्रान्सका पुर्व मिडफिल्डर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?