काठमाडौं महानगरपालिकाबाट ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गरेको छ । 

राष्ट्रिय सभा गृहमा सोमवार भएको कार्यक्रमको काठमाडौं महानगरपालिकाले काठमाडौंका ६ वटा ‘ए’ डिभिजन क्लबलाई अनुदान रकम हस्तान्तरण गरेको हो । महानगर प्रमुख विद्यासुन्दर शाक्यले ‘ए’ डिभिजनका क्लबलाई ९ लाख ३० हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

राष्ट्रिय खेलकुदमा योगदान पुर्‍याएको भन्दै महानगरपालिकाले क्लबहरुलाई आर्थिक सहयोग गरेको हो ।

‘ए’ डिभिजन क्लबहरु मछिन्द्र क्लब, संकटा क्लब, एनआरटी क्लब, हिमालयन शेर्पा क्लब, सरस्वती क्लब र मनाङ मस्याङली क्लबलाई महानगरपालिकाले आर्थिक सहयोग गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?