काठमाडौं । प्रधानसेनापति ट्रफी-२०७५ प्रतियोगिता सोमवार देखि राजधानीमा शुरु भएको छ ।
नेपाली सेनाको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन प्रधानसेनापति पूर्णचन्द्र थापाले एक कार्यक्रमबीच गरेका थिए।
आगामी असोज ४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा कूल १४ टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा एथ्लेटिक्स, पौडी, बक्सिङ, तेक्वान्दो, साइक्लिङ, बास्केटबल, भलिबल, फुटबल, कबड्डी र ह्याण्डबल खेलहरु समावेश गरिएको छ ।
कार्यक्रममा नेपाली सेनाका उपरथी देवकुमार सुवेदीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल क्षेत्रमा नेपाली सेनाका खेलाडीले उल्लेखनीय योगदान दिएको बताए । उक्त प्रतियोगिताको खेलहरु सेनाको भद्रकालीस्थित खेल मैदान, लगनखेल र सशस्त्र प्रहरी बल ‘एपिएफ’ को खेल मैदानमा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया