आईएमई लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बि रेटिङ

लोकपथ
35
Shares

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ ।

कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्युनीकरण गर्दै लगेको समेत यस रेटिङले थप पुष्टि गर्छ । आगामी दिनहरुमा पनि कम्पनीले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने कुरामा कम्पनी अझै प्रतिबद्ध रहेको जनाएको छ ।

कम्पनीले १४० वटा शाखा कार्यिलयबाट बिमितहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?