काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले रौतहट, देवाही गोनाही नगरपालिका वडा नं.०१ बस्ने, शेष अनसारुल हक को मृत्यु दाबी वापतको रकम उनको इच्छाइएको व्यक्ति निजको श्रीमती समसा खातुनलाई मृत्यु दाबी वापतको १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
साथै तेह्रथुम जिल्ला, फेदाप गाउँपालिका वडा नं. ०२ बस्ने, वर्ष ३५ को हेमराज लिम्बुको मृत्यु दाबी वापतको रकम उनको हकवाला श्रीमती कौशिला लिम्बुलाई मृत्यु दाबी वापत जम्मा १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले बीमा समितिले आ.व. २०७८/०७९ लाई बीमा दाबी भुक्तानी वर्ष घोषित गरेको र सोही अनुरुप कम्पनीले आ.व. २०७८/०७९ मा दर्ता भएका सम्पुणर् मृत्यु दाबी फछ्र्यौट गरि सो आ.व मा मृत्यु दाबी भुक्तानी गर्न बाँकी नरहेको जानकारी गराए । साथै यस आ.व. मा पनि सोही अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया