‘युइएफए’ नेशन्स लिगमा पोर्चुगल र टर्की विजयी

इंग्ल्याण्ड । ‘युइएफए’ नेशन्स लिग अन्तर्गत पोर्चुगल विजयी भएको छ । 

सोमवार राति सम्पन्न भएको लिग ‘ए’ को खेलमा पोर्चुगलले इटलीलाई १-० गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको पहिलो हाफसम्म दुवै टिम गोलरहित बराबरीमा राकिएका थिए ।

दोस्रो हाफको शुरुवाती समयमा नै पोर्चुगलले खेलमा अग्रता लियो । खेलको ४८ औँ मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै खेललाई एक-शुन्यको अग्रता दिलाए ।

निर्धारित समयसम्म इटालीले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल एक-शुन्य हार्‍यो । जितपछि पोर्चुगलले महत्वपूर्ण ३ अंक बटुलेको छ । 

त्यस्तै, सोमवार राति नै भएको समूह ‘बी’को खेलमा टर्कीले स्वीडेनलाई ३-२ गोल अन्तरले पराजित गर्‍यो ।

टर्कीका लागि एम्रे अकबाबाले दुई तथा हाकन चाल्हानोग्लुले एक गोल गरेका थिए । अकबाबाले खेलको ८८ औँ र इन्जुरी समयमा तथा चाल्हानोग्लुले ५१ औँ मिनेटमा एक गोल गरेका थिए ।

यता स्वीडेनका लागि आइज्याक थेलिन र भिक्टर क्लासेनले समान एक-एक गोल गरेपनि हार टार्न भने सकेनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?