काठमाडौं । एकनासका फिल्म निर्माण भइरहेका बेला चलचित्र ‘बुलबुल’ निर्माण घोषणाले केही चासो पायो । यो सिनेमा एक सामान्य टेम्पो चालकको कथामा बनाइएको सिनेमा भनियो । झण्डै २५ दिन लगाएर फरक स्वादको भनिएको फिल्म ‘बुलबुल’ को छायांकन सकिएको छ ।
छायांकन सकिएसँगै फिल्म युनिटले प्रदर्शन मिति पनि तय गरेको छ ।
साउनको अन्तिम हप्ताबाट फ्लोरमा गएको यो फिल्म काठमाडौंका विभिन्न स्थानमा छायांकन भएको थियो । फिल्मका निर्देशक विनोद थापाका अनुसार एउटा गीत छायांकन गर्न भने अझै बाँकी छ ।
‘आउटडोरमा सेट नै लगाएर खिच्न पर्ने गीत छ, मौसम अझै सफा भइसकेको छैन, त्यसैले उक्त गीत दसैंतिहारको बीचमा खिच्ने गरी अहिलेलाई प्याकअप गरेका हौं ।,’ निर्देशक पौडेलले भने ।
पौडेलले यसअघि ‘साँघुरो’ फिल्म लेखेका थिए । ‘बुलबुल’ पौडेलको डेब्यु निर्देशन हो ।
टेम्पो चालक महिलाको वास्तविकतालाई पर्दामा उतारिएको यो फिल्ममा स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन् । यस्तै लक्ष्मी बर्देवा पनि फिल्ममा छिन् ।
फिल्म निर्मातामध्येका एक अविरल थापाले फिल्म भ्यालेनटाइट डेको अर्को दिन फागुन ३ गते रिलिज हुने जानकारी गराए ।
चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे लगायतका कलाकारले अभिनय गरेका छन् ।
यस्तै चलचित्रलार्य सुसन प्रजापतिकले छायांकन गरेका हुन् भने विनोद पौडेलले लेखेका हुन् । फिल्मका निर्मातामा पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडेल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया