बेँसीशहरमा खेल मैदानको निर्माण कार्य शुरु

बेँसीशहर । बेँसीशहर नगरपालिका–१० खासुर गाँउमा स्थानीयवासीको सहयोगमा खेल मैदान निर्माण गरिएको छ । 

स्थानीय खासुररोधी युवा क्लबको अगुवाइमा चन्दा सङ्कलन गरी ३० लाखमा गाउँमा खैल मैदान निर्माण गरिएको हो । क्लबले विभिन्न चाडपर्वमा नाचगान गरी करीब सात लाख सङ्कलन गरेको थियो ।

सो रकमबाट खेल मैदान निर्माण शुरु गरिएको निर्माण संयोजक एवं क्लबका अध्यक्ष नन्दबहादुर घलेले जानकारी दिए । क्लबको अगुवाइमा वैदेशिक रोजगारीमा गएकाहरुबाट १८ लाख सङ्कलन भएको थियो । 

एक सय १ सय २५ मिटर लम्बाइ तथा ७९ मिटर चैडाइ भएको उक्त खेल मैदान १० रोपनी क्षेत्रफलमा फैलिएको छ । खेलमैदान वरिपरि जाली राख्ने योजना रहेको घलेले बताए। बेलायत, अमेरिका, हङकङ, कतार, मलेसियालगायत देशमा रहेका स्थानीयवासीले खेल मैदान निर्माणमा सहयोग गर्दै आएका छन् ।

सो मैदान निर्माणका लागि बेँसीशहर नगरपालिकाले तीन लाख तथा सम्बन्धित वडाले दुई लाख विनियोजन गरेको छ । गाउँका वृद्धवृद्धा, आमा समूह तथा युवाले मैदान निर्माणमा श्रमदान गरेका थिए । मैदानका लागि स्थानीयवासी १० जनाले झण्डै २० रोपनी जग्गादान गरेका छन् ।

मैदान निर्माणपछि प्रदेशस्तरीय खेल सञ्चालन गर्न सहयोग पुग्ने स्थानीयवासी हीरालाल विश्वकर्माले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?