एनसीसी बैंकको “एनसीसी प्रफुल्ल मुद्दती खाता” : निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउने

लोकपथ
91
Shares

कठमाडौं । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि वित्तीय कारोबार सञ्चालन गर्दे आएको एनसीसी बैंकले “एनसीसी प्रफुल्ल मुद्दती खाता” संचालनमा ल्याएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउनेछन् ।

सीमित अवधिसम्म लागू हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दोब्बर देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।

साथै पहिलो वर्षको लागि पाँच लाख सम्मको दुर्घटना बीमा र दुई लाखसम्मको घातक रोग बीमा सुविधा समेत उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?