मेगा बैंकले ल्यायो ‘एक-से-एक बचत खाता’

लोकपथ
7
Shares

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘एक-से-एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ । मेगा बैंकले ‘एक-से-एक बचत खाता’नाम दिएको यस बचत खातामा सगरमाथा, कञ्चनजंगा र ल्होत्से गरी तीन वटा हिमालको नामाकरण गरी फरक फरक सुविधाहरु ल्याइएको छ ।

यी योजनाहरुमा ८.०३ प्रतिशत ब्याज पाइनुका साथै विभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यसैगरी, यी तीनै वटा योजनामा डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ चेक बुक र इ-कमर्श रजिष्ट्रेशन निःशुल्क गरिएको छ भने क्रेडिट कार्ड सुविधा पनि उपलब्ध छ ।

यसका साथै, ग्राहकहरुलाई रिटेल लोन प्रक्रिया शुल्कमा ०.२५ छुटसहित प्रिपेड डलर कार्ड, लकर लगायत विविध सेवामा छुटको व्यवस्था गरिएको छ ।
मेगा बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?