काठमाडौं । सवारी साधनहरुको कुम्भमेला ‘नाडा अटो मेला’ मंगलवारदेखि काठमाडौंमा शुरु भएको छ ।
५ अर्ब रुपैयाँको कारोबार गर्ने लक्ष्यसहित अटोमोबाईल्स एसोसिएन अफ नेपाल ‘नाडा’को आयोजनामा ‘नाडा अटो मेला’ मंगलवारदेखि भृकुटी मण्डपमा शुरु भएको हो ।
अटो मेलाको अर्थमन्त्री डा. युवराज खतिवडाले एक कार्यक्रमकाबीच उदघाटन गरेका थिए ।
मुलुककै सवैभन्दा ठूलो गाडी खरिद बिक्री मेलाको रुपमा लिइएको यो मेलाबाट ४ महिनामा हुने कारोबार ६ दिनभित्रै उठाउने बताइएको छ । ६२ हजार नागरिकहरुले अवलोकन गर्ने दाबी गरेको ‘नाडा अटो मेला’ ले ५ अर्ब रुपैयाँको कारोबार गर्ने अनुमान रहेको छ ।
मेलामा सवारीसाधन खरिद र बिक्री गर्न ७१ वटा संस्थाहरुले अटो मेलामा सहभागीता जनाएका छन् । जसमा १ सय ३५ वटा स्टलबाट सबारीसाधन खरिद–बिक्री भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया