विप्रेषण आप्रवाहमा वृद्धि

लोकपथ
49
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाहमा वृद्धि भएको जनाएको छ । चालू वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको दशौं तथा एघारौं महिनामा विप्रेषण आप्रवाहमा वृद्धि जनाएको छ ।

गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै विप्रेषण आप्रवाह सुधारोन्मूख रहेको बताए । आर्थिक वर्ष २०७८/७९ को नौ महिनासम्म विप्रेषण आप्रवाह घट्दै आएकोमा दशौं तथा एघारौं महिनामा विप्रेषण आप्रवाहमा वृद्धि भएको छ ।

दशौं महिनामा ०.२ प्रतिशतले वृद्धि भएको विप्रेषण आप्रवाह एघारौं महिनामा ३.८ प्रतिशतले वृद्धि भई रु.९०४ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको एघार महिनाको अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा ७.५१ अर्ब विप्रेषण आप्रवाह भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ७.३९ अर्ब अमेरिकी डलरभन्दा १.५ प्रतिशतले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?