काठमाडौं : नेपाली रूपैयाँसँग अमेरिकी डलरको सटहीदर हालसम्मकै बढी तोकिएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका तोकेको विदेशी मुद्राको विनिमयदर सूचीमा अमेरिकी डलरको खरिद मूल्य ११६ रूपैयाँ १ पैसा र बिक्रीदर ११६ रूपैयाँ ६१ पैसा तोकिएको छ । मंगलबार १ अमेरिकी डलरको खरिददर १ सय १५ रूपैयाँ ६३ पैसा र बिक्रीदर १ सय १६ रूपैयाँ २३ पैसा कायम थियो ।
युरो १ को खरिददर १ सय ३४ रूपैयाँ ३९ पैसा र बिक्रीदर १ सय ३५ रूपैयाँ ०९ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ५१ रूपैयाँ १० पैसा र बिक्रीदर १ सय ५१ रूपैयाँ ८८ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रिदर ३२ रुपैयाँ ९ पैसा रहेको छ ।
युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९९ पैसा र बिक्रिदर २८ रुपैयाँ १३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २९ पैसा र बिक्रिदर १० रुपैयाँ ३४ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ८२ रुपैयाँ ९४ पैसा छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ ९२ पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिददर ३ सय ७ रुपैयाँ ७२ पैसा र बिक्रिदर ३ सय ९ रुपैयाँ ३२ पैसा तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया