काठमाडाैं : साफ च्याम्पियनसिप फुटबलअन्तगर्त अाज नेपालले माल्दिभ्ससँग सेमिफार्इनल खेल खेल्दैछ । माल्दिभ्सलार्इ पहिलोपटक हराउँदै साफको फार्इनलमा पुग्ने रेकर्ड बनाउनेगरि नेपाली टोलीले खेल रणनीति तयार गरेको छ ।
हालसम्म नेपाल र दक्षिण एसियाली टापु राष्ट्र माल्दिभ्सबीच साफमा ६ पटक प्रतिष्पर्धा भएको छ । यी ६ खेलमध्ये ४ खेलमा माल्दिभ्स विजयी भएको छ भने २ खेल बराबरीमा रोकिएको छ ।
त्यसैले, अाज नेपाली टीमले साफमै माल्दिभ्सलार्इ पहिलोपटक हराउन मैदानमा निकै तादाम्यता मिलाउनुपर्ने देखिएको छ । भुटानलार्इ ४ गोल र बंगलादेशलार्इ २ गोलले पराजित गर्दै नेपाल सेमिफार्इनलमा प्रवेश गरेको टीम हो । तर, माल्दिभ्स भने श्रीलंकासँगको टसमा भाग्यमानी बन्दैए १ अंक सहित सेमिफार्इनलमा अार्इपुगेको टीम हो ।
नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जनले यसअघिका खेलमा माल्दिभ्स नेपालभन्दा केही बलियो देखिएपनि अाजको खेलमा नेपाली टोली हाबी हुने प्रतिक्रिया दिएका छन् ।
दिउँसो पाैने चार बजेदेखि ढाकाको बंगबन्धु रंगशालामा हुने अाजको खेल जिते नेपाली टोली साफको फार्इनलमा पुग्नेछ र भारतसँग प्रतिष्पर्धा गर्नेछ ।
नेपाली खेलाडीहरूले पनि यो चरणको खेल तालिका सार्वजनिक हुनुअघि भारतलार्इ फार्इनलमै हराएर नेपालीलार्इ थप खुशी दिन चाहेको बतार्इसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया