काठमाडौं । लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७८-०७९ मा ६७ करोड ५६ लाख ३२ हजार एक सय १३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा ४३ करोड ३९ लाख ६७ हजार एक सय ७९ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी तीन अर्ब २८ करोड ४२ लाख ९२ हजार पाँच सय ११ रुपैयाँ रहेको बैंकले आर्थिक वर्ष २०७८-०७९ मा ४२ अर्ब ८७ करोड ३९ लाख ७७ हजार पाँच सय ९२ रुपैंयाँ निक्षेप संकलन गरी ३८ अर्ब आठ करोड १० लाख ६८ हजार दुई रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब ५७ करोड ६० लाख ९० हजार एक सय ५९ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव २० प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ४७ करोड ९२ लाख २६ हजार एक सय ६२ रुपैयाँ रहेको छ ।
अघिल्लो आर्थिक वर्षमा भने बैंकले ३६ अर्ब ३७ करोड १४ लाख ६६ हजार आठ सय रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ६७ करोड ३५ लाख ३९ हजार आठ सय ७२ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा एक अर्ब २१ करोड १० लाख चार हजार छ सय ४६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव १७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव १४ प्रतिशत रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया