काठमाडाैं : एनअार्इसी एसिया बैंकले जारी गरेको ऋणपत्रमा २७ करोड रूपैयाँभन्दा बढीको अावेदन परेको छ । अाकर्षक ब्याजदर र दीर्घकालिन प्रतिफलको अपेक्षा गर्दै लगानीकर्ताहरूले एनअार्इसीको ऋणपत्रमा मागभन्दा बढी अावेदन दिएका हुन् ।
भदौ २१ गतेदेखि कुल १ अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र बिक्री खुला गरेको एनअार्इसीले वार्षिक ११ प्रतिशत ब्याज दिने जनाएको छ । हरेक ६ महिनामा ब्याज पार्इने यो ऋणपत्रको पाउन १ हजार रूपैयाँ हो ।
१ अर्ब ८३ करोड रूपैयाँ बराबरको १८ लाख ३० हजार युनिट ऋणपत्रका लागि हालसम्म २ अर्ब १० करोड रूपैयाँको अावेदन परेको बैंकले जानकारी दिएको छ ।
सर्वसाधारणलार्इ ३६ करोड ६० लाख रूपैयाँको ऋणपत्र छुट्यार्इएकोमा ४० करोड रूपैयाँको अावेदन परेको छ । संघसंस्थालार्इ १ अर्ब ४६ लाख ४० हजार रूपैयाँको ऋणपत्र खुला गरिएकोमा १ अबर् ७० करोडको अावेदन परिसकेको छ । यसहिसाबले दुवै समूहका लागि छुट्यार्इएको ऋणपत्रमा सिमाभन्दा बढी अावेदन परेको हो ।
एनअार्इसीको ऋणपत्रमा हालसम्म १ हजार ४०१ जनाले खरिद अावेदन दिएका छन् । मागभन्दा बढि अावेदन परेपछि अाज (भदाै २७) सम्म मात्र ऋणपत्र बिक्री खुला राख्ने एनअार्इसीले जनाएको छ ।
एनअार्इसीको ऋणपत्रलार्इ केयर नेपालले न्यून कर्जा जोखिम जनाउयने एनपी-ए ग्रेडिङ दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया