एजेन्सी । एल साल्भाडोरविरुद्धको मैत्रिपूर्ण खेलमा ब्राजिल विजयी भएको छ ।
मंगलवारराति सम्पन्न भएको खेलमा ब्राजिलले एल साल्भाडोरलाई ५-० गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको ४ मिनेटमा नै ब्राजिलले पेनाल्टी हान्ने अवसर पायो । सो मौकालाई नेयमारले सदुपयोग गर्दै गोल गरे ।
१६ औँ मिनेटमा रिचार्लीसनले गोल गर्दै खेललाई २-० को स्थितीमा ल्याए । त्यस्तै, ३० औँ मिनेटमा फिलीप कौटिन्होले गोल गरे । खेलको पहिलो हाफसम्म ३-० गोलको अग्रता बनाएको ब्राजिलका लागि ५० औँ मिनेटमा रिचार्लीसनले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे ।
एक पक्षिय रहेको खेलको ९० औँ मिनेटमा माकिन्हसले गोल गरेपछि एल साल्भाडोर स्तब्ध बनेको थियो । अब ब्राजिलले आगामी महिनामा हुने अर्को मैत्रिपूर्ण खेलमा साउदी अरेबियाको सामना गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया