काठमाडौँ । युवा एक दिवसीय सिरिजमा भारतीय यु–१९ ‘बी’ ले नेपालसामु १ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टु हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको भारतीय यु–१९ ‘बी’ ले ४९ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६१ रनको योगफल तयार पारेको थियो ।
भारतको लागि काम्रण इकबालले सर्बाधिक ५० रनको योगदान दिए । रिसभ चौहानले १९ रन जोडे।
भारतको पारी ध्वस्त पार्ने क्रममा नेपालका कमल ऐरीले सबैभन्दा बढी ३ विकेट लिन सफल भए । त्यस्तै, पवन सराफले २ तथा किशोर महतो, संसाद आलम र सागर ढकालले समान १–१ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया