बंगलादेश । जारी साफ च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाईनलको पहिलो खेल वर्षाले प्रभावित बनेको छ ।
पहिलो हाफको खेल चलिरहदाँ निरन्तर वर्षा भएपछि खेल केहीबेर रोकिएको छ । चट्याङको सम्भावित खतराका कारण खेल स्थगित गरिएको हो । खेलको २७ औँ मिनेट चलिरहदा खेल स्थगित भएको हो । जारी खेलमा माल्दिभ्सले एक-शुन्यको अग्रता बनाएको छ ।
खेल शुरु भएको १० मिनेट पनि बित्न नपाउँदै नेपालले गोल खान पुग्यो । माल्दिभ्सका इब्राहिम हसन वाहिदले फ्रि-किक सहि दिशा दिर्दै गोलपोष्टको चाली चुमाए । १२ औँ मिनेटमा नेपालले फ्रि-किक हान्ने मौका पायो । तर, बिमल घर्तिमगरको प्रहार बाहिरियो ।
१७ औँ मिनेटमा नेपालका सुजल श्रेष्ठको प्रहार माल्दिभ्सका गोलकिपर मोहमेद फैसलले सहजै नियन्त्रणमा लिए । त्यस्तै, २२ औँ मिनेटमा सुनिल बलले फ्रि-किकबाट हानेको बल गोलपोष्टमाथि बाहिरिएको थियो ।
नेपाल एक गोलले पछि परेको अवस्थामा खेल रोकिएको हो । यी दुई टिमबीचको खेल केहि बेरमा खेल पुनः शुरु हुनेछ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया