काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन पाँच गते वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाममा एउटा परिपत्र जारी गर्दै २०७८/०७९ को चौथो त्रैमासको वित्तीय प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितीले २१ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको थियो ।
राष्ट्र बैंकको परिपत्र अनुसार अब बैंक तथा वित्तीय संस्थाले २१ दिनभित्र अर्थात् साउन २१ गतेसम्ममा गत आर्थिक वर्षको चौथो त्रैमासको विवरण सार्वजनिक गरिसक्नु पर्नेछ । यसअघि गत वर्ष यस्तो समयसिमा साउन मसान्तसम्म रहेको थियो ।
हाल (साउन ९ गते) २६ वाणिज्य बैंकमध्ये ९ वटा बैंकहरुले आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसअनुसार अझै १७ वटा वाणिज्य बैंकहरुले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेको छ । यहाँ विकास बैंक र फाइनान्सको अपरिष्कृत वित्तीय विवरणको भन्ने उल्लेख गरिएको छैन ।
हालसम्म ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, प्रभु बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकहरु मध्येमा सबैभन्दा बढी नाफा ग्लोबल आईएमई बैंकले कमाएको छ । एक दर्जनभन्दा बढी बैंकहरु गाभिएर बनेको ग्लोबल आईएमईको नाफालाई एनआईसी एशिया बैंकले खुद मुनाफा आर्जनमा कडा टक्कर दिएको छ अर्थात खुद मुनाफा आर्जनमा ग्लोबललाई पच्छ्याँदै गएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ को चौथोसम्ममा ८ वटा वाणिज्य बैंकहरुमा सात वटाको खुद मुनाफा बढ्दा सानिमा बैंकको भने खुद मुनाफा घटेको छ ।
बैंकहरुमा सानिमा बैंकमा निष्क्रिय कर्जाको अनुपात सबैभन्दा कम देखिएको छ भने सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा सबैभन्दा बढी देखिएको छ ।
ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७८/०७९ मा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने ग्लोबलको यस्तो नाफा ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ रहेको ग्लोबलले आर्थिक वर्ष २०७८/०७९ मा दुई खर्ब ७७ अर्ब ४९ करोड २० लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ५८ अर्ब ५४ करोड ४४ लाख २३ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा १० अर्ब ७४ करोड ६ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो अवधिमा एक दशमलव २२ प्रतिशत कर्जा निष्क्रिय रहेको ग्लोबलको वितरणयोग्य नाफा भने तीन अर्ब १९ करोड ९५ लाख ३६ हजार रुपैयाँ रहेको छ ।
एनआईसी एसिया बैंक
दोस्री नम्बरमा रहेको एनआईसी एसिया बैंकले भने आर्थिक वर्ष २०७८/०७९ मा ४ अर्ब ५२ करोड ६४ लाख २२ हजार तीन सय ६१ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा एनआईसी एसियाको यस्तो नाफा३ अर्ब २५ करोड ९९ लाख ३४ हजार चार सय ६७ रुपैयाँ रहेको थियो । चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख पाँच हजार तीन सय ६६ रुपैयाँ रहेको एनआईसी एसियाले आव २०७८/०७९ मा दुई खर्ब ८९ अर्ब ९० करोड ३९ लाख ५९ हजार सात सय २१ रुपैयाँ निक्षेप संकलन गरी २खर्ब ५२ अर्ब ४४ करोड ३४ लाख ९७ हजार पाँच सय ४२ रुपैंयाँ कर्जा प्रवाह गर्दा ११ अर्ब ७७ करोड २१ लाख ८७ हजार ९ सय ८६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । वितरणयोग्य नाफा दुई अर्ब २४ करोड ६४ लाख ३८ हजार सात सय ५८ रुपैयाँ रहेको एनआईसी एसियामा शुन्य दशमलव ४९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
प्रभु बैंक
प्रभु बैंकले भने आव २०७८/०७९ मा दुई अर्ब ६० करोड तीन लाख ९७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा प्रभुको यस्तो नाफा एक अर्ब ७२ करोड ८ लाख ७५ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख चार हजार रुपैयाँ रहेको प्रभुले आर्थिक वर्ष २०७८/०७९ मा एक खर्ब ७८ अर्ब ६५ करोड २१ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४५ अर्ब ९६ करोड १९ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा ६ अर्ब १८ करोड दुई लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको प्रभुको वितरणयोग्य नाफा भने एक अर्ब ४१ करोड ३३ लाख ३२ हजार रुपैयाँ रहेको छ ।
सानिमा बैंक
सानिमा बैंकले भने आव २०७८/०७९ मा दुई अर्ब २९ करोड २९ लाख नौ हजार तीन सय २७ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा सानिमाको यस्तो नाफा दुई अर्ब ३१ करोड ७८ लाख २१ हजार पाँच सय ८० रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार ३ सय २६ रुपैयाँ रहेको सानिमाले आव २०७८/०७९ मा एक खर्ब ५७ अर्ब ५१ करोड ८५ लाख ३५ हजार दुई सय ३९ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३७ अर्ब १६ करोड १३ लाख ७१ हजार तीन सय ११ रुपैंयाँ कर्जा प्रवाह गर्दा चार अर्ब ७६ करोड ७१ लाख ९५ हजार छ सय चार रुपैंयाँ खुद ब्याज आम्दानी गरेको छ । शुन्य दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय सानिमाको वितरणयोग्य नाफा भने एक अर्ब ४६ करोड ९९ लाख ८६ हजार एक सय ४५ रुपैयाँ रहेको छ ।
सिटिजन्स बैंक
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पनि आव २०७८/०७९ मा २ अर्ब २५ करोड ११ लाख ७१ हजार एक सय २५ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा सिटिजन्सको यस्तो नाफा एक अर्ब ८० करोड ४३ लाख ४१ हजार ६६ रुपैंयाँ रहेको थियो । चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैं=याँ रहेको सिटिजन्सले आव २०७८/०७९ मा १ खर्ब ५२ अर्ब ७९ करोड ८८ लाख ९७ हजार ३ सय ८७ रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३१ अर्ब ६१ करोड २४ लाख ७८ हजार पाँच सय १४ रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच अर्ब ९९ करोड तीन लाख ४९ हजार पाँच सय ३७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । एक दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको सिटिजन्सको बितरणयोग्य नाफा भने एक अर्ब ४२ करोड ४६ लाख ४५ हजार नौं सय ३२ रुपैंयाँ रहेको छ ।
एनसीसी बैंक
एनसीसी बैंकले आव २०७८/०७९ मा २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ३३ करोड ६ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । हाल चुक्ता पुँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ रहेको बैंकले चौथो त्रैमाससम्ममा १ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। बैंकको निष्क्रिय कर्जा १.९३ प्रतिशत पुगेको छ। यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ करोड ४७ लाख रुपैयाँ रहेको छ भने बैंकको सञ्चालन मुनाफा २ अर्ब ६७ करोड रुपैयाँ छ। बैंकले ४ अर्ब १५ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले भने आव २०७८/०७९ मा २ अर्ब १६ करोड नौ लाख दुई सय ५६ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा उक्त बैंकको यस्तो नाफा १ अर्ब ६० करोड ७४ लाख ७३ हजार एक सय ७४ रुपैंयाँ रहेको थियो । चुक्ता पुँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार पाँच सय ८१ रुपैयाँ रहेको माछापुच्छ्रेले आव २०७८/०७९ मा एक खर्ब ४५ अर्ब दुई करोड ६० लाख ४९ हजार आठ सय ५० रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २८ अर्ब ५६ करोड २२ लाख ५४ हजार पाँच सय ६० रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच अर्ब सात करोड ६९ लाख ९९ हजार ९३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । शुन्य दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको माछापुच्छे्रेको वितरणयोग्य नाफा भने एक अर्ब ३२ करोड ८४ लाख पाँच हजार सात सय ७० रुपैयाँ रहेको छ ।
सनराइज बैंक
सनराइज बैंकले भने आव २०७८/०७९ मा दुई अर्ब १५ करोड ९ लाख ४४ हजार आठ सय १० रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा बैंकले एक अर्ब ४४ करोड ६५ लाख ५० हजार दुई सय ६४ रुपैयाँ खुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ८ सय ९ रुपैयाँ रहेको सनराइजले आव २०७८/०७९ मा एक खर्ब ३१ अर्ब ६० करोड ६२ लाख ५६ हजार ८ सय ८३ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २० अर्ब १४ करोड ९२ लाख ८९ हजार ५७ रुपैयाँ कर्जा प्रवाह गर्दा चार अर्ब ५८ करोड दुई लाख एक हजार आठ सय ८६ रुपैंयाँ खुद ब्याज आम्दानी गरेको छ । एक दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको सनराईजको वितरणयोग्य नाफा भने दुई अर्ब ५६ करोड ११ लाख ६ हजार ३ सय छ रुपैयाँ रहेको छ ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले आव २०७८/०७९ मा एक अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवमा बैंकको यस्तो नाफा एक अर्ब ५७ करोड ५७ लाख ६१ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ रहेको लक्ष्मीले आव २०७८/०७९ मा एक खर्ब ३७ अर्ब १४ लाख ७३ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २८ अर्ब १२ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा चार अर्ब आठ करोड ८३ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । शुन्य दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय लक्ष्मीको वितरणयोग्य नाफा भने एक अर्ब २५ करोड ५२ लाख एक हजार रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया