सिद्धार्थ बैंक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन-२०२१’ अवार्डबाट सम्मानित

लोकपथ
28
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड बैंकिङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२०/२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।

उक्त अवार्ड शुक्रबार, काठमाडौंको एभरेस्ट होटलमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक सुमनराज अर्याल र आईक्यानका अध्यक्ष युद्धराज ओलीद्वारा संयुक्तरुपमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेललाई हस्तान्तरण गरेका हुन् ।

अवार्डले बैंकलाई आगामी दिनहरुमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बैंकले जनाएको छ । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेडरेशन अफ अकाउन्ट (साफा) द्वारा दक्षिण एसियालीस्तरमा आयोजना हुने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन’ अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?