सेयर बजारको उकालो यात्रामा निरन्तरता, कारोबार ४ अर्ब नाघ्यो

लोकपथ
70
Shares

काठमाडौं । सेयर बजारको उकालो यात्राले आज (सोमबार) पनि निरन्तरता पाएको छ । आज पनि सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ । मौद्रिक नीति सार्वजनिक भएपश्चात दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

निरन्तर घटिरहेको सेयर बजारमा बढ्दा लगानीकर्ताहरु उत्साहित भएका छन् ।

आज सेयर बजार मापक नेप्से परिसूचक ५४.४५ अंकले बढेर २१३२.९६ बिन्दुमा पुगेको छ । यता, सेन्सेटिभ परिसूचक ९.०५ अंकले बढेर ४०७.३८ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २१४ कम्पनीको ९९ लाख ४४ हजार ४८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैयाँको कारोबार भएको छ ।

आज १३ वटै सूचक हरियाली भएको छ । यस दिन ६ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?