एसईईको नतिजा एसएमएसमार्फत हेर्न सकिने

लोकपथ
182
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले SEE विद्यार्थीहरुलाई SEE २०७८/७९ को नतिजा हेर्नको लागि SMS सेवा उपलब्ध गराउन Sparrow SMS सँग सम्झौता गरेको छ । SEE विद्यार्थीले SMS मार्फत SEE को नतिजा हेर्न सक्नेछन् ।

Sparrow SMS आधिकारिक SMS सेवा प्रदायक हो र एक दशक देखि प्रत्येक वर्ष SEE को नतिजा प्रकाशित गर्दै आएको छ। यो साझेदारीसँगै अब नेपालभरका SEE विद्यार्थी र अभिभावकहरूले सजिलै र सहज रूपमा SMS मार्फत आफ्नो SEE नतिजा हेर्न सक्नेछन्।

विद्यार्थी र उनीहरूको नतिजा बीचको दूरी कम गर्ने उद्देश्यका साथ, Sparrow SMS ले परीक्षाको नतिजा सीधै मोबाइल फोनमा उपलब्द गरौछ। विगत १० वर्षदेखि देशभरका विद्यार्थीहरूले यस सेवाबाट लाभान्वित हुँदै आएका छन् |

SEE (SLC) को नतिजा २०७८/२०७९ एसएमएस मार्फत कसरी हेर्ने ?

तपाईको SEE (SLC) को नतिजा २०७८/२०७९ को SMS मार्फत हेर्नको लागि निम्न चरणहरू पालना गर्नुहोस्:

1. आफ्नो मोबाइलको SMS बाकसमा जानुहोस्
२. नयाँ SMS लेख्नुहोस्
3. आफ्नो Symbol नम्बर टाईप गरेर एउटा Space दिनुहोस्
4. 35001 मा SMS पठाउनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?