८१ पैसाले घट्यो अमेरिकी डलर, यस्तो छ अाजका लागि तोकिएको विनिमयदर

काठमाडौं : बुधबार नेपाली रूपैयाँसँगको विनिमयमा नयाँ रेकर्ड कायम गरेको अमेरिकी डलरको सटहीदर अाज ८१ पैसाले घटेको छ । 

नेपाल राष्ट्र बैंकले बिहिबारका तोकेको विदेशी मुद्राको विनिमयदर सूचीमा अमेरिकी डलरको खरिद मूल्य ११५ रूपैयाँ २० पैसा र बिक्रीदर ११५ रूपैयाँ ८० पैसा तोकिएको छ । युरो १ को खरिददर १ सय ३३ रूपैयाँ ४५ पैसा र बिक्रीदर १ सय ३४ रूपैयाँ १५ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ४९ रूपैयाँ ७१ पैसा र बिक्रीदर १ सय ५० रूपैयाँ ४९ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ ।

युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा र बिक्रिदर २७ रुपैयाँ ९४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २१ पैसा र बिक्रिदर १० रुपैयाँ २६ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ८० रुपैयाँ १५ पैसा छ भने बिक्रिदर ३ सय ८२ रुपैयाँ १३ पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिददर ३ सय ५ रुपैयाँ ५८ पैसा र बिक्रिदर ३ सय ७ रुपैयाँ १७ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?