काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि भिडियो केवाईसी सेवा सुरु गरेको छ । गैर आवासीय तथा नेपाली मुलुकका व्यक्तिले विदेशबाटै अनलाइन खाता खोलेर भिडियो केवाईसी गरी आफ्नो खाता सुचारु गर्न सक्नेछन् । ग्राहकहरु आफ्नो खाता सुचारु गर्न बैंकसम्म आउनुपर्ने झन्झटबाट मुक्त भएका छन् ।
भिडियो केवाईसी सुविधामार्फत् ग्राहकहरूले सानिमा बैंकको कर्मचारीसँग प्रत्यक्ष रुपमा कुराकानी गरी खाता खोल्दा गर्नुपर्ने अनिवार्य कार्यहरु जस्तै कागजात प्रमाणीकरण, हस्ताक्षर प्रमाणीकरण आदि सरल तरिकाले गर्न सक्नेछन् । ग्राहकहरुले अनलाइन खाता खोल्दा भिडियो केवाईसी विकल्प रोजी कर्मचारीसंग प्रत्यक्ष रुपमा कुराकानी गर्न चाहेको मिति र समय तय गर्नुपर्ने हुन्छ ।
प्रमाणीकरण स्वीकृत भएको वा नभएको जानकारी ग्राहकलाई इमेल वा फोन कल मार्फत् गरिनेछ । भिडियो केवाईसी प्रमाणीकरण प्रक्रियाको स्वीकृत भएपछि ग्राहकले आफ्नो खातामा रकम जम्मा गर्न तथा खाताबाट वार्षिक एक करोड सम्म खर्च गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया