काठमाडाैं : रसुवाको धुन्चेनजिकैको खोपङ्गभीरमा पहिरो चलेर अरनिको राजमार्ग अवरूद्ध भएपछि रसुवागढी नाकाबाट हुने नेपाल र चीनबीचको ब्यापार ठप्प भएको छ ।
पहिरोले सडक भत्काएका कारण रसुवागढी नाका हुँदै अाउने सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन् । अहिले पहिरो खसेको स्थानमा मोटरसार्इकल चल्ने ट्रयाक समेत नरहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जानकारी दिएको छ ।
अहिले रसुवा नाकातर्फ नै सवारीसाधन रोकिएको छ । ती कन्टेनरमा स्याउ र निजी मोबार्इल सेवा प्रदायक एनसेलका सामान रहेको बुझिएको छ । रसुवाको टिमुरेबाट स्याफ्रसम्म मात्रै झन्डै ५० वटा कन्टेनर रोकिएका छन् ।
दशैंका लागि खाद्यान्न, लत्ताकपडा र र्इलेक्ट्रोनिक्स लगायतका सामान लिन तिब्बततर्फ लागेका गाडीहरू पनि धुन्चेमै अलपत्र परेकाा छन् । अार्इतबार देखि नै सडक अवरूद्ध हुँदा काठमाडाैं लगायतका प्रमुख सहरहरूमा दैनिक उपयोगी सामग्रीहरूको अभाव हुन थालेको छ ।
भदाै १ गते धुन्चे नजिक गएको पहिरोका कारण १५ दिनसम्म सडक ठप्प भएको थियो भने खोपाङ्गभीरमा गएको पहिरोले पनि नेपाल-चीन व्यापार अवरूद्ध भएको थियो ।
अहिले सडक खुलाउनका लागि प्रयास भर्इरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पाैडेलले बताएका छन् । झन्डै ३ सय सवारीसाधन बाटैमा रोकिएकाले मंगलबारदेखि नै पहिरो पन्छाउन कोशिस गरिएको, तर ठूला ढुँगा हटाउन समस्या परेको पाैडेलले जानकारी दिए ।
सडक सूचारू गराउन रसुवा प्रशासनले सडक विभागसँग समन्वय गरिरहेको छ। तर, पहिरो पन्छाउन कोशिस भर्इरहेको स्थानमा लगातार पहिरो खसिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया