परमाणु आपूर्ति समूहका लागि भारत योग्यःअमेरिका

एजेन्सी : परमाणु आपूर्ति समूहको सदस्य बन्नका लागि भारत योग्य रहेको भएपनि चिनियाँ भिटोका कारण सदस्यता नदिइएको अमेरिकी प्रशासनले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रशासकहरूले यो समूहमा ल्याउन अमेरिका निरन्तर वकालत गर्दै जाने जनाएका छन् ।

४८ सदस्य राष्ट्रहरूको यो परमाणु आपूर्ति समूहको दस्य बन्न भारतले प्रयास गर्दै आएको छ ।

तर भारतको यो प्रयासलाई चीनले तुहाइदिएको छ ।

भारतलाई अमेरिकालगायत पश्चिमा देशहरूको समर्थन रहेको छ ।

चीनले परमाणु अप्रसार सन्धीमा भारतले सदस्य नभएकाले यसको सदस्य हुन नपाउने अडान लिएको छ।

परमाणु आपूर्ति समूह सहमतिमा आधारित संगठन हो यसको सदस्य लिनका लागि अन्य संगठनको सदस्यता लिनुपर्ने आवश्यकता नभएको एलिसवेल्सले जनाइन् । 

अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले भारतसँग परमाणु सम्बन्धी सम्झौता सन् २००८ अक्टोर ८मा सम्झौता गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?