काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिगको तयारीमा रहेको ब्रिगेड ब्वाइजले तीन विदेशी खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ ।
ब्रिगेड ब्वाइजले नाइजेरीयाका तीन खेलाडीलाई क्लबमा भित्राएका हुन् । क्लबले दुई दाजुभाई कजीम एन्टी जी र टि जीलाई स्ट्राइकरको अनुबन्ध गरेको हो ।
त्यस्तै मिडफिल्डरमा करिमलाई भित्र्याएका हुन् ।
करिब चार वर्षसम्म रोकिएको ‘ए’ डिभिजन लिग आउँदो असोज १४ गतेबाट काठमाडौंमा शुरु हुँदैछ । यसअघि मनाङ मस्याङदी क्लबले ओलावाले अफिजलाई क्लबमा अनुबन्ध गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया