काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशिला शाही नगर विकास कोषको सञ्चालक समिति सदस्य मनोनीत भएकी छन् ।
शहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषको सञ्चालक समिति सदस्यमा शाही मनोनीत भएकी हुन् । नेपाल सरकार मन्त्रीपरिषदको असार ३१ को निर्णयअनुसार दुई वर्षको कार्यकालका लागि सञ्चालक समिति सदस्य मनोनीत भएको पत्र उनलाई शहरी विकास मन्त्रालयले पठाएको हो ।
प्रत्येक प्रदेशका विभिन्न महानगरपालिका र नगरपालिकाका मेयर तथा उपमेयर तीन जना महिलासहित ७ जनालाई नगर विकास कोषको सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने प्रावधान छ । शाहीलाई सुदूरपश्चिम प्रदेशबाट मनोनयन गरिएको हो ।
नगर विकास कोष शहरी क्षेत्रको विकासका लागि सहयोग गर्ने अख्तियारी पाएको एउटा सरकारी निकाय हो । सरकारले यही कोष मार्फत देशभरका नगरपालिकाहरुमा नगरको विकासका लागि अनुदान प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया