काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बीमा सुविधाअन्तर्गत ग्राहकले प्राप्त गर्ने बिमा रकम भुक्तानी गरेको छ । बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधा अन्तर्गत ७ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ ।
ग्राहक उमाकान्त चौधरीको दुर्घटनाबाट मृत्युपश्चात उनको परिवारले दाबी गरेको उक्त दुर्घटना बीमा बैंकले मृतकको परिवारलाई हस्तान्तरण गरेको हो । बैंकले यसअघि पनि विभिन्न समयमा आफ्नो स्मार्ट तलब बचत खाताअन्तर्गत विभिन्न ग्राहकलाई बीमा रकम भुक्तानी गर्दै आएको छ ।
माछापुच्छ्रे बैंकले शून्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकहरुलाई ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, १ लाख रुपैयाँ बराबरको जटिल प्रकृतिका रोगको उपचार खर्च, ४० हजार रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र १० रुपैयाँसम्मको औषधी खर्च जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया