जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबीच सम्झौता

लोकपथ
49
Shares

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रालि, बुटवलबीच नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्सडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजको तर्फबाट प्रबन्धक निर्देशक भिम प्रसाद तुलाचनले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबाट नगदरहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?