काठमाडौं । ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै बिजुली नजाने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबदेखि ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि बिजुली नजाने बनाउन तयारी भइरहेको बताएका हुन् ।
बिहीवार सञ्चार केन्द्र नेपालले काठमाडौंमा आयोजना गरेको ‘जलविद्युतको क्षेत्रमा हालसम्म भएका उपलब्धिहरु एवं देखिएका चुनौती’का विषयमा भएको अन्तरक्रिया कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले बेला बेलामा भइरहेको लोडसेटिङको अन्त्य गर्ने बताएका हुन् ।
उनले विद्युत् वितरणलाई भरपर्दो बनाउन अन्य क्षेत्रमा पनि लोडसेटिङ नहुने गरी आफू लागिपरेको बताएका छन् । “अहिले साना प्रसारण क्षमताबाट वितरण भएको विद्युतलाई भरपर्दाे र दिगो समाधानका लागि क्षमता बढाएर गुणस्तरीय बनाउन लागिरहेका छौँ”, कार्यकारी निर्देशक घिसिङले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया