काठमाडौं । आगामी पुस २ देखि ११ गतेसम्म हुने महिला ‘साफ’ च्याम्पियनसीप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ ।
बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ‘ड्र’मा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा तथा समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का रहेका छन् ।
भारतमा सम्पन्न पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । पाँचौ संस्करणको उक्त प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने लाग्न सकेको छैन । नेपाल रहेको समूहमा बंगलादेश, भुटान र पाकिस्तान रहेको छ ।
यता, बिहीवार नै भएको यू-१५ महिला साफ च्याम्पियनसिपको ‘ड्र’मा पनि नेपाल समूह ‘ए’ मा नै परेको छ ।
नेपालसहिद समूहमा बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया