एजेन्सी । अर्जेन्टिनाका फरवार्ड पाउलो डिबालाले आगामी जनवरीमा युभेन्ट्स छाड्न सक्ने बताइएको छ ।
पालेर्मोका मालिक माउरिजियो जाम्पारिनिले युभेन्ट्सका फरवार्ड डिबालाले युभेन्ट्स छाड्ने बताएका हुन् । डिबालालाई अनुबन्धन गर्न स्पेन र इंग्ल्यान्डका क्लबहरुले प्रस्ताव गरेको पनि उनले खुलासा गरे ।
गत महिना इटालियन लिगको पहिलो खेलमा युभेन्ट्सले किएभोलाई ३-२ ले पराजित गर्दा उनी शुरुवाती उक्त क्लबको रोजाईमा परेका थिए । सन् २०१५ मा पालेर्मोका मालिक जाम्पारिनिले नै डिबालाको युभेन्ट्स ट्रान्सफर सफल पारेका थिए ।
पछिल्लो सिजन बार्सिलोनाले २४ वर्षे डिबालालाई अनुबन्धन गर्ने प्रयास गरेको थियो । तर रियल म्याड्रिडले रोनाल्डोलाई युभेन्ट्स पठाएपछि उनको स्थानमा डिबाला भित्र्याउने हल्ला चलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया