काठमाडौं । एक दर्जन वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७८-०७९ मा कुल ३१ अर्ब ५६ करोड ६३ लाख ४६ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । बैंकहरुले कमाएको यो मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा पाँच अर्ब ६० करोड ९४ लाख ३३ हजार रुपैयाँले बढी हो । अघिल्लो आवमा भने १२ वटा वाणिज्य बैंकहरुको कुल खुद मुनाफा २५ अर्ब ९५ करोड ६९ लाख १३ हजार रुपैयाँ रहेको थियो ।
सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरु मध्येमा साउन १२ गते बिहीबारसम्ममा १२ वटा वाणिज्य बैंकहरुले मात्र आव २०७८-०७९ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा बैंकहरुले उक्त नाफा आर्जन गरेको देखिएको छ ।
वित्तीय विवरण सार्वजनिक गरेकाहरुमध्ये ग्लोबल आईएमई बैंकले सर्वाधिक नाफा कमाउन सफल भएको छ । आव २०७८-०७९ मा ग्लोबल आईएमई बैंकले पाँच अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । ग्लोबललाई पच्छ्याउँदै एनआईसी एसियाले चार अर्ब ५२ करोड ६४ लाख २२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा यी दुई बैंकहरुको यस्तो नाफा क्रमश: चार अर्ब १६ करोड ५१ लाख ५२ हजार र तीन अर्ब २५ करोड ९९ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले भने आव २०७८-०७९ मका चार अर्ब आठ करोड ६३ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा प्रभु बैंकले दुई अर्ब ६० करोड तीन लाख ९७ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने यी दुई बैंकहरुको यस्तो नाफा क्रमशः तीन अर्ब ५५ करोड ८६ लाख छ हजार र एक अर्ब ७२ करोड आठ लाख ७५ हजार रुपैंयाँ रहेको थियो ।
एभरेष्ट, सानिमा र स्ट्यान्डर्ड चार्टड बैंकले भने आव २०७८-०७९ क्रमशः दुई अर्ब ५४ करोड ६० लाख ५९ हजार, दुई अर्ब २९ करोड २९ लाख ९ हजार र दुई अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा भने यि बैंकहरुको यस्तो नाफा क्रमशः एक अर्ब ७७ करोड ९ लाख ३९ हजार, दुई अर्ब ३१ करोड ७८ लाख २१ हजार र एक अर्ब ३९ करोड ८८ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।
सिटिजन्स बैंक इन्टरनेसनल, माछापुच्छ्रे र सानिमा बैंकले भने आव २०७८-०७९ मा दुई अर्ब २५ करोड ११ लाख ७१ हजार, दुई अर्ब १६ करोड ९ लाख र दुई अर्ब १५ करोड ९ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा यी बैंकहरुको यस्तो नाफा क्रमशः एक अर्ब ८० करोड ४३ लाख ४१ हजार, एक अर्ब ६० करोड ७४ लाख ७३ हजार र एक अर्ब ४४ करोड ६५ लाख ५० हजार रुपैयाँ रहेको थियो ।
आर्थिक वर्ष २०७८-०७९ मा एनसीसी बैंक र लक्ष्मी बैंकले भने क्रमशः दुई अर्ब दुई करोड २२ लाख २२ हजार र एक अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवमा भने यी बैंकहरुको यस्तो नाफा क्रमशः एक अर्ब ३३ करोड छ लाख २५ हजार र एक अर्ब ५७ करोड ५७ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।
कुन बैंकले कति कमायो नाफा ? हेर्नुहोस यस्तो छ अवस्था (रकम रु हजारमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया