काठमाडौं । भारतको आगरामा हुने ४६ औँ एशियन स्कुल फुटबल ‘यु–१८’ च्याम्पियनसिपको खेल तालिका शुक्रवार सार्वजनिक भएको छ ।
आगामी असोज ४ देखि १४ गतेससम्म हुने उक्त प्रतियोगितामा आठ राष्ट्र सहभागी हुने छन् ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । नेपाल रहेको समूहमा इण्डोनेसिया, चीन र थाइल्याण्ड तथा समूह ‘बी’ मा दक्षिण कोरिया, मलेसिया, श्रीलङ्का र भारत रहेका छन् ।
नेपालले पहिलो खेल थाइल्याण्डसँग असोज ६ गते खेल्नेछ भने दोस्रो खेल असोज ८ गते इण्डोनेसियासँग तथा ९ गते चीनसँग खेल्नेछ ।
दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । उक्त प्रतियोगिताका लागि यसअघि नै अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले नेपाली टोलीको घोषणा गरिसकेको छ ।
नेपाली टोलीको प्रशिक्षकमा चेतनारायण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा चक्र तामाङ रहेका छन् । नेपाली टोलीमा विष्णुकुमार केसी, विशाल सुनार, सूर्य अधिकारी, विकास खवास, नवीन गुरुङ, राजेश गुरुङ र असिम गुरुङ रहेका छन् ।
त्यस्तै, अन्य खेलाडीहरुमा रणदिप पौड्याल, सञ्चित राई, नितिन थापा, मनिस थापा, जय गुरुङ, सुरज ठकुरी, अनिल महर्जन, दिनेश हेञ्जन ‘कप्तान’, बुद्ध बल तामाङ, रितिक खड्का, अनुरु गुरुङ र टीका गुरुङ रहेका छन् ।
वैकल्पिक खेलाडीमा आकाश रानाभाट, पवन शाही, विवेक राई र दर्शन गुरुङ रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया