बिओकेका कार्ड तथा मोबाईल बैंकिङ प्रयोगकर्तालाई कोरियन भाषा ईन्स्टिच्युटमा छुट

लोकपथ
56
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड (बिओके) ले आफ्नो बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई कोरियन भाषा सिकाई संस्था “थेयाङ हान्गुल ईन्स्टिच्युट” मा भाषा कक्षा शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराउने भएको छ ।

यो छुट सम्झौता पश्चात् नेपाल सरकार र गणतन्त्र कोरियाको समझदारी पत्र अनुरुप रोजगार अनुपति प्रणाली (ईपिएस) अन्तर्गत वा अन्य माध्यमबाट गणतन्त्र कोरिया जान इच्छुक ग्राहकहरुले कोरियन भाषा पढ्न ललितपुरको ग्वार्कोमा रहेको थेयाङ हान्गुल ईन्स्टिच्युटबाट अध्ययन गरी बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भाषा शुल्क भुक्तानी गर्नुभएमा २५ प्रतिशत छुट पाउन सक्नेछन्।

नेपाल सरकार, श्रम मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालय बीचको समझदारी अनुरुप रोजगार अनुमती प्रणालीअन्तर्गत वार्षिक ९ हजारभन्दा बढी नेपाली नागरिकहरु कोरियन भाषा उत्तिर्ण गरि कामदारका रुपमा गणतन्त्र कोरिया गईरहेका छन् ।

थेयाङ हान्गुल ईन्स्टिच्युटले ललितपुरको ग्वार्कोबाट कोरियन भाषा पढि गणतन्त्र कोरिया जान इच्छुकहरुलाई दक्ष तथा कोरियन भाषा विज्ञहरुबाट कक्षा संचालन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?