एसईई नतिजा फरक आयो, शैक्षिक गुणस्तर सुधार्नुपर्ने देखियो : सांसद खतिवडा

लोकपथ
70
Shares

काठमाडौं । प्रतिनिधि सभाका सांसद नारायणप्रसाद खतिवडाले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर खस्किँदै गएको भन्दै सुधार गर्नुपर्ने बताएका छन् । उनले हालै सार्वजनिक भएको एसईई परीक्षाको नतिजामा सामुदायिक र नीजि विद्यालयको फरक–फरक आएको बताए ।

सांसद खतिवडाले सामुदायिक विद्यालयको नतिजालाई आगामी दिनमा सुधार गर्नका लागि सरोकारवाला सबैको ध्यानाकर्षण गराए । उनले भने, ‘सामुदायिक विद्यालय र नीजि विद्यालयमा नतिजामा फरक आयो । सामुदायिक विद्यालयको नतिजा हेर्दा लगानी अनुरुपको प्रतिफल कम जस्तो लाग्छ । यो नतिजालाई कसरी सुधार्न सकिन्छ ।’

उनले आधारभूत विद्यालयदेखि माध्यमिक तहसम्मका सामुदायिक विद्यालयका शिक्षकहरुलाई कर्तव्यनिष्ठ भई लाग्न आग्रह गरे । शिक्षा मन्त्रालय मातहतका सबै नीति निर्माता र कार्यान्वयनकर्ता सबैलाई शैक्षिक गुणस्तर सुधार्नका लागि अनुरोध गर्दछु, उनले भने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?