किन पहिलेभन्दा बढि खतरनाक बन्दैछ अफगानिस्तान ?

एजेन्सी : गजनी शहरमा तालिबानले हालैका दिनमा केही ठूला हमला गरे, केही समयसम्म पुरै शहर तालिबानहरूको कब्जामा रह्यो ।

अहिले अफगानिस्तानमा अमेरिकी समर्थनप्राप्त सेनाको विरूद्ध तालिबान र अन्य चरमपन्थी समुहले सशस्त्र संघर्ष गरिरहेका छन्र । साथै, चरमपन्थीहरूको हमला हुनु र ठूलो संख्यामा नागरिक हताहती हुनु अफगानिस्तानका लागि सामान्य कुरा बन्दै गर्इरहेको छ । 

शान्ती स्थापनाको प्रयासलार्इ हिंशाका यस्तै घटनाहरूले छेकिदिएका छन र त्यहाँ युद्ध समाप्त हुने कुनै संकेत देखिएका छैनन् ।

हिंशाको सबैभन्दा खराब शुरूवात

सन् २००१ मा जब अमेरिकाले तालिबान शासकको अन्त्यका लागि भन्दै अफगानिस्तानमा हमला ग-यो, चरम द्वन्द्व र हिंशाको शुरूवात त्यहीँबाट शुरू भयो । 

तर, अहिले जुन मात्रामा हिंशा र अातंकपूर्ण गतिविधी भर्इरहेको छ, त्यतिखेर स्थिति यतिधेरै खराब थिएन । 

१८ बर्ष अघि, जब तालिबानलार्इ अफगानी सत्ताबाट विस्थापित गरियो, तर अाज पनि अफगानिस्तानका अधिकांश प्रान्त तालिबानकै नियन्त्रणमा छ । 

विभिन्न नाममा बारम्बर युद्धमा सहभागी भर्इरहेको अमेरिकाकै र्इतिहास हेर्ने हो भने अफगान युद्ध अहिलेसम्मकै सबैभन्दा लामो युद्ध हो । 

समय बित्दै जाँदा दुर्इ पक्षबीचको संघर्ष तीब्र मात्र भएको छैन, बरू निकै जटिल पनि बन्दै गर्इरहेको छ । लगातार हिंशात्मक हमलाहरू भएका छन् र निकै ठूलो संख्यामा सर्वसाधारण नागरिकको हताहति बढिरहेको छ । 

तालिबान र अमेरिका एवं नेटो समर्थित अफगान सरकार दुवै पक्षले यतिखेर प्रान्तहरूमा अाफ्नो पडक बलियो बनाउन कोशिस गरिरहेका छन् । 

सन् १९८० को दशकमा तत्कालिन सोभियत रूसको सेनाबिरूद्ध अफगानिस्तानमा लडिरहेका अलकायदाका पूर्वप्रमुख अोसामा बिन लादेन । सो युद्धमा अलकायदा र तालिबानलार्इ अमेरिकाले सहयोग गरेको थियो ।

गत १८ अगस्टमा काबुलको दक्षिणी क्षेत्रस्थित रणनीतिक हिसाबले निकै महत्वपूर्ण मानिने गजनी प्रान्तको राजधानीमा एकाएक तालिबानीको उपस्थिती बलियो बन्यो । यद्यपी : अमेरिकी सल्लाहाकाहरूको समर्थनप्राप्त अफगानी सुरक्षाबलले व्यापक हवार्इ अाक्रमण गरेपछि तालिबानीहरू सो सहर छाड्न बाध्य भए । 

मे १५ का दिन पनि र्इरानको सिमा नजिक रहेको फराह प्रान्तको राजधानीमा तालीबानीहरू छिरेपछि बितण्डा मच्चियो । 

सरकारी सुरक्षाबलले भीषण अाक्रमण गरेपछि तालिबानी बिद्रोहीहरू शहर छाड्न त बाध्य भए, तर कैयाैं लडाकु मारिनेगरि भएको अाक्रमणको मुख्य उद्धेश्य तालिबानीहरूको मनोबल उकास्नु र किशोर एवं युवाहरूलार्इ लडाकुदस्तामा भर्ती गर्नु थियो । तालिबानहरू पछि हटेपनि अाफ्नो उद्धेश्यमा सफल भएको अनुमान गर्न सकिन्छ । 

सन् २०१६ को जुलार्इ महिनामा अफगानी तालिबानीले अाक्रमण गर्दा ज्यान गुमाएका नेपालीका अाफन्त शब बाकसमा भक्कानिँदै । अफगान राजधानी काबुलमा तालिबानीहरूले नेपाली सुरक्षागार्ड सबार गाडीमा बिस्फोट गराएका थिए । 

अहिले अफगानिस्तानका कैयाैं शहर र जिल्लाका केन्द्रहरू लगातार तालिबानी खतरामा छन् । हेलमन्ड र कन्दहारजस्ता प्रान्तको ठूलो क्षेत्रहरू अहिले पनि तालिबानको नियन्त्रणमा छ । यो त्यही र्इलाका हो, जहाँ युद्धका क्रममा अमेरिकी, बेलायती र अन्य देशका सैनिक एवं सुरक्षाकर्मीहरू मारिएका थिए । यी प्रान्तमा मारिएका सर्वसाधारणको एकीन संख्याबारे कुनै हिसाबकिताब छैन ।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१७ मा १० हजार भन्दा बढि नागरिक युद्धका कारण मारिएका छन् । सन् २०१८ मा हताहतीको संख्या अघिल्लो बर्षको भन्दा पनि बढि हुने अनुमान छ ।

के डोनाल्ड ट्रम्पसँग अफगान गतिरोध समाधानको उपाय छ ? 

अफगान युद्धमा नयाँ रणनीति प्रयोग गर्ने र जित्नका लागि लड्ने बताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान कुटनीतिमा १ बर्ष समाप्त पारिसकेका छन् । 

यो बीचमा अमेरिकी सरकारले अफगान गतिरोध समाप्त गर्ने भन्दै ४ तरिका अपनाएको उल्लेख गरेको छ । साथै, अफगान सरकारलार्इ तालिबानसँग वार्ताका लागि पनि दबाब दिर्इरहेको बेलायती समाचार संस्था बीबीसीले अाफ्नो विश्लेषणमा उल्लेख गरेको छ ।

१. अधिकतम शैन्य दबाब : लगातारको हवार्इ हमला र विशेष सुरक्षाबलले हानिरहेको छापाका कारण अफगानिस्तानमा अहिले सैन्य दबाब बढिरहेको छ । हजाराैं सुरक्षाकर्मीहरू तैथान गरिएको छ र तैनाथीको संख्या १४ हजार पुगेको छ । अघिल्लो सालको अक्टोबर महिनामा अमेरिकी सेनाका कमाण्डर जोन निकोल्सनले व्यापक शैनिक परिचालनको अर्थ तालिबानको अन्त्य भएको दाबी गरेका थिए । 

२. तालिबानको अार्थिक स्रोत नष्ट :  तालिबानीहरूले अफिम खेती गर्ने किसानबाट कर असुलीरहेका छन्, जसलार्इ नियन्त्रण गर्ने काम भर्इरहेको छ र विदेशबाट अफगानिस्तानमा अाउने अार्थिक स्रोत बन्द गरिएको छ । 

३. सार्वजनिक रूपमै कैयाैँ धार्मिक समूहहरूका बीचमा तालिबानी लडार्इँको वास्तविकताबारे प्रश्न खडा गर्न पश्चिमा शक्ति र अफगानिस्तान सरकार सफलजस्तो देखिएको छ । 

४. तालिबानलार्इ सघार्इरहेको भनिएको पाकिस्तानमाथि पनि अहिले दबाब बढार्इएको छ । पाकिस्तानसँग यतिखेर त्यहाँ रहेका तालिबान नेतालार्इ पक्राउ गर्न या निर्वासित गर्न अन्तरराष्ट्रिय दबाब परिरहेको छ । 

ट्रम्पका कोशिस असफल हुँदैछन् ? 

ब्यापक शैन्य दबाबका कारण यतिखेर अफगानिस्तानमा तालिबान एकै स्थानमा फैलन असफल भएको छ । मुख्य कमाण्डरसहित कैयाैँ तालिबान लडाकु मारिर्इरहेका छन् । 

तर, तालिबानले अाफ्नो पडक क्षेत्रमा नियन्त्रण गरिरहेका छन् र देशका कैयाैँ क्षेत्रमा भयानक हिंशात्मक हमला गरिरहेका छन् । अर्कातर्फ, तालिबानलक्षित हवार्इ हमलाको अालोचना बढिरहेको छ । किनकी यस्ता हमलामा सर्वसाधारण नागरिकको हताहति निकै धेरै छ । 

लागुअाैषधको धन्दामा गर्न खोजिएको नियन्त्रणले तालिबानी संगठनमा कुनै असर देखिएको छैन । बरू, तथ्यहरूले के बताउँछन् भने, यतिखेर तालिबानको सम्पति बढिरहेको छ ।

बेलायती सेनाका तर्फबाट अफगानिस्तानमा तैनाथ नेपाली गोर्खा सैनिक

र्इन्डोनेशिया र साउदी अरब लगायत कैयाैँ देशहरूमा र्इस्लाम धर्मगुरू एवं विद्वानहरूले अफगानिस्तान हिंशाको निन्दा गरेका छन् र तालिबानलार्इ अफगान सरकारसँग शान्ती वार्ता गर्न अाग्रह समेत गरिरहेका छन् । तर, तालिबानहरूले यसलार्इ अमेरिकी प्रकृया बताउँदै निन्दा गरेका छन् । 

अफगान तालिबानलार्इ सघार्इरहेको भनिएको पाकिस्तानमाथि अमेरिकाले शैन्य सहायता नै बन्द गर्नेजस्तो कडा रवैया देखार्इसकेको छ । 

अाफुले तालिवानलार्इ कुनै सहयोग नगरेको बतार्इरहेको पाकिस्तानले अफगानिस्तानमा शान्ती स्थापनाका लागि सहयोग गर्न तयार रहेको पनि बताउने गरेको छ । तर अफगानिस्तान प्रतिको रणनीतिमा पाकिस्तानले कुनै परिवर्तन गरेको देखिएको छैन ।

यसै बर्षको जुन महिनामा, र्इदका अवसर पारेर तालिबानले एक अफगान सैनिकका साथ फोटो खिचाए, जतिबेला युद्धविराम जारी थियो । 

के अफगान सेनाले जारी हिंशाको सामना गर्न सक्छ ? 

तालिबानको फैलँदो हिंशाको सामान गर्ने क्रममा अफगानी सुरक्षाबल कैयाैँ मामिलामा पराजित भएको छ । तालिबानको प्रभाव क्षेत्र विस्तार हुन नदिने अफगानी सेनाले लडिरहेको छ र यो प्रभावकारी पनि देखिएको छ । तर, तालिबानसँग लड्ने क्रममा मारिने सरकारी सैनिकको संख्या निकै धेरे छ । 

यस्तो स्थितीमा अफगान सुरक्षाबलमा प्रेरणादायक नेतृत्वको अभाव देखिएको छ र त्यहाँको सेना बन्दोबस्तीको हतियार र सामान अापुर्तिमा विवादित बनेको छ । कैयाैं खरिदहरूमा सेनामाथि भ्रष्ट्राचारको अाशंका समेत गरिएको छ । 

सरकारी अधिकारीहरूबारे फैलँदो अनियमितताको अाशंकाका कारण अफगानिस्तानको सुरक्षा र नागरिकको मनोबलमा नकारात्मक असर परिरहेको छ । 

सन् २०१४ मा राष्ट्रपति निर्वाचन यता, जुन गठबन्धनले नेशनल युनिटीको सरकार बनाए, तर अहिलेसम्म यी घटकबीच बलियो एकता देखिएको छैन । ४ बर्षसम्म सत्तामा रहेर पनि अफगान सरकारका अधिकारीहरू एवं राजनीतिज्ञहरू अहिलेसम्म कैयाैं अान्तरिक मुद्दामा विभाजित छन् । 

अफगान तालिबान कसरी यति बलिया भए ? 

अफगानिस्तानमा संसदीय चुनाव गराउन ३ बर्ष ढिला भर्इसकेको छ । तर, यही अक्टोबर २० का दिन त्यहाँ चुनाव प्रस्ताव गरिएको छ । बढ्दो हिंशाका बीच तोकिएको चुनाव हुन्छ या हुँदैन भन्नेमा बराबरजस्तै मत देखिन्छ । साथै, चुनावमा धोकाधडीको सम्भावनालार्इ लिएर चिन्ता समेत बढिरहेको छ । 

साथै, सवाल यो पनि छ कि जारी हिंशाका कारण देशका केही भागमा चुनाव भएन भने अाउँदो संसदमा ती क्षेत्रका प्रतिनिधीहरूको उपस्थिती हुनेछैन । 

अाउँदो अप्रिलमा हुने राष्ट्रपति पदको निर्वाचन सम्पन्न गर्नुपनि अफगानिस्तानका लागि एक ठूलो चुनाैती हो । 

यदी यी दुवै चुनाव ठीक ढंगले वा शान्तीपूर्ण तरिकाले गराउन सकिएन भने अफगानिस्तानको राजनीतिक स्थिरताका लागि निकै ठूलो समस्या खडा हुनेछ । यी दुर्इ चुनावले नै बर्तमान सरकारको शक्ति परीक्षा समेत गर्नेछ । 

के अफगानिस्तानको यो रूप कसैले देखेको छ ?

अफगान सरकार र तालिबानका बीच के कुरामा सहमति देखिन्छ भने त्यहाँको समस्या शैन्य परिचालनबाट मात्रै सुल्झाउन सकिने छैन । वार्ता र छलफलका लागि सवै पक्षाहरूका बीचमा सहमति बन्ने देखिँदैछ । सबै पक्षले भनिरहेका छन् कि उनीहरू सही सम्झाैता चाहिरहेका छन् । 

गएको जुलार्इ महिनामा कतारमा अमेरिकी र तालिबानी प्रतिनिधीहरूबीच भेटघाट भएकाे थियो । त्यसको ३ दिनपछि अफगानिस्तानमा अभूतपूर्व युद्धविराम लागु भएको थियो । यस घटना अफगानिस्तानमा शान्ती स्थापनाका लागि एक अभूतपूर्व अवसरका रूपमा देखा परेको छ ।

अफगानिस्तानमा अमेरिकी हस्तक्षेपपछि यो नै त्यस्तो अवसर थियो : जहाँ द्वन्द्वरत दुवै पक्ष वार्ताका लागि एक अापसमा साक्षात्कार भएका थिए । यस्तो बैठक फेरि प्रस्ताव गरिएको छ । 

अमेरिकी अाक्रामक शैन्य अभियानकै बीचमा पनि दुवै पक्षले स्वीकारेका छन् कि युद्धबाट कुनै पक्षले पनि जीत हात पार्न सक्दैनन् । 

यद्यपी : अफगानिस्तानमा शान्ती स्थापनाका लागि हुने वार्तामा निकै असहमति छन् । अफगान भूमिमा शान्ती स्थापना गर्न अन्य देश समेत चुनाैतीका रूपमा देखिएका छन् । 

अफगानिस्तानमा त्यतिखेर शान्ती स्थापना हुन सक्छ : जतिखेर पाकिस्तान, रूस, र्इरान, चीन, भारत र साउदी अरेबियाजस्ता देश यो प्रकृयामा सहभागी हुनेछन् । 

अन्त्यमा : वार्ता अफगानी नागरिकको हीतका लागि नै हुनुपर्छ र यसले त्यहाँ द्वन्द्वको मनोदशाबाट गुज्रिएका नागरिकमा ठूलो प्रभाव पनि राख्छ । नागरिकलार्इ संलग्न गराएर गरिने वार्ताले मात्र अफगानिस्तानको राजनीतिक भविष्य तय गर्न सक्छ । (बीबीसी हिन्दीबाट साभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?