काठमाडौं । बडीबिल्डिङ अर्थात शारीरिक सुगठन ।
हेर्दा जति राम्रो शरिर देखिन्छ, बनाउन उति नै मेहेनत लाग्छ । बडीबिल्डिङको गुरु मानिने हलिउड फिल्मका आर्नोल्ड स्वार्जनेगर र रेम्बो सिल्भेस्टर स्टालिनको जस्तै शरिर बनाउन अहिले पनि युवाहरु उत्तिकै लालायित छन् । शरिरमा ‘बाइसेप, ट्राइसेप, चेस्ट, सोल्डर त्यसमा पनि अझ सिक्स प्याक एब्स’ बनाउन युवाहरु दिनको ३ घण्टासम्म जिममा बिताउने गर्छन् ।
अहिले युवाहरुमा सुगठित शरीरप्रति बिछट्टैको मोह बढेको छ । खासगरी ‘सिक्स प्याक एब्स’ ।
‘सिक्स प्याक एब्स’ बनाउनका लागि लागि कुनै निश्चित समय भने लाग्दैन । यसमा व्यक्तिको शारीरिक बनोट, ताकत र मेहेनतमा भर पर्छ । खासगरि जिम गरेको ६ महिनापछि मात्र शारीरिक बनावटमा परिवर्तन आउने बडीबिल्डिङ खेलाडीहरुको अनुभब छ ।
अस्त व्यस्थ जिवनशैली, खानपान र व्यायाम नगर्दा अहिले विभिन्न रोगहरु लाग्ने व्यक्तिको संख्या दिनप्रति दिन बढ्दो छ ।
मधुमेह, मोटोपना, उच्च रक्तचाप, युरिक एसिड, मुटु रोग विशेषतः सहरी क्षेत्रमा दिनप्रति दिन फैलिरहेको अवस्था छ । यस्तो अवस्थामा विभिन्न रोगबाट बच्न तथा स्वास्थ्य रहन दैनिक जसो शारिरीक ब्यायम गर्नेको लर्को दिन प्रतिदिन बढ्दो छ ।
अहिलेका युवा युवतीहरु ‘हेल्थ कन्सियस’ र देखासिकी गर्न कै लागि भएपनि जिम वा जुम्बा सेन्टर धाउने गर्छन् ।
विहान ५ बजे वा बेलुकी ८ बजे होस जिम तथा फिटनेश सेन्टर धाउने युवा युवतीहरुको बडीबिल्डिङ प्रति मोह घटेको छैन् ।
शारिरीक सुगठनले युवाहरुको शारिरीक बनावट तन्दुस्त बनाउने, निरोगी बनाउनका साथै शरिरमा ताजापन ल्याउने गर्दछ जस्ले गर्दा यस प्रति युवाहरुको आकर्षण बढ्दो छ । समय समयमा बडीबिल्डिङ प्रतियोगितामा आफ्नो क्षमता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत भाग लिन पाइने हुनाले यस खेलप्रति आकर्षण बढेको हो ।
विगत २० वर्षदेखि राधाकृष्ण मन्दिरस्थित पर्मानेन्ट जिम एण्ड फिजीकल फिट्नेश सेन्टरमा प्रशिक्षण दिँदै आएका रोक्का गुरुङका अनुसार नियमित शारीरिक व्यायामसँगै खानपान र त्यसबेला अपनाइने जीवनशैलीले समेत प्रभाव पार्ने बताए ।
‘देखासिकी भन्दा पनि नियमित व्यायाम गरी स्वस्थ्य खानपानका साथै अनुशासित जीवनशैलीले शारीरिक क्षमतामा प्रभाव पार्छ’, उनले भने
साथै, प्रशिक्षक रोक्काले पहिलेको तुलनामा भन्दा अहिले जिम गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको जानकारी दिए ।
‘पहिले कमैले मात्र जिम गर्थे, राष्ट्रिय च्याम्पियनसिपहरुमा पनि भाग लिन्थे । अहिले बडि बिल्डिङ च्याम्पियनसिपमा सहभागी हुन्छु भन्नेहरु कमै मात्र आउँछन्, प्राय सबैजना ‘हेल्थ केन्सियस’ भएर नै जिममा आउने गर्छन् । महिलाहरुमा पनि यो ‘ट्रेन्ड’ अहिले बढ्दो छ’ उनले थपे ।
सुगठित शरीर देखाउने प्रतिस्पर्धाका रुपमा बडी बिल्डिङ च्याम्पियनसिपहरु नियमित रुपमा आयोजना हुँदै आइरहेको छ । केही साता अगाडिमात्र काठमाडौंमा तेस्रो मिस्टर काठमाडौं च्याम्पियनसिप आयोजना भएको थियो । त्यस्तै, नेपालको सबैभन्दा ठूलो च्याम्पियन मानिएको धर्मश्री च्याम्पियनसिप लगायत अन्य केही प्रतियोगिताहरु पनि समयमा नै आयोजना हुँदै आइरहेको छ ।
बडीबिल्डिङ खेलकुदलाई राज्यले खासै प्राथमिकतामा राखेको पाइदैन् । युवा पुस्तामाझ लोकप्रिय यो खेललाई पनि राज्यले लगानी गर्न सके अवश्य अन्तर्राष्ट्रिय प्रतियोगिताबाट पदक भित्र्याउन सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया